ad ad

खेल


भारतसँग ८२ रनले हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

भारतसँग ८२ रनले हारेसँगै नेपाल समूह चरणबाटै बाहिरियो

नेपालखबर
साउन ८, २०८१ मंगलबार २२:१९, काठमाडौँ

भारतसँग ८२ रनको फराकिलो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिसि महिला एसिया कप टी–२० क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ।

मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएपछि खेलेका तीनै संस्करण समूह चरण पार गर्न सकेन।

यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको नेपालले जितको स्वाद लिन पाएको थिएन। तर यो पटक समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने पाकिस्तानविरुद्ध भने ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो।

नेपालले तीन संस्करणको एसिया कपमा युएईमाथिको जित नै पहिलो जित थियो।

समूह ए मा नेपालविरुद्धको जितसँगै भारत अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। भारतले ३ खेलबाट ६ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा हार भोगेको पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।

२ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर एसिया कप यात्रा सकाएको छ। युएई भने समूह चरणका सबै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्किएको छ।

भारतले दिएको १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाउन सक्यो।

अलराउण्डर सीता राना मगरले बनाएको १८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २२ बलमा ३ चौका प्रहार गर्दा अरुन्धन्ती रेड्डीको बलमा बोल्ड आउट भईन्। रुविना क्षेत्री १५ रन बनाउँदा दिप्ती शर्माको बलमा बोल्ड आउट हुँदै पेभेलियन फर्किईन्। कप्तान इन्दु बर्मा १४ रन बनाउँदा राधा यादवको बलमा सफली बर्माको हातबाट क्याच आउट भईन्।

ओपनर सम्झना खड्का ७, कविता कुँवर ६ र डली भट्ट ५ रनमा पेभेलियन फर्के।

नेपाललाई कम स्कोरमा रोक्न भारतकी दिप्ती शर्माले तीन विकेट लिईन्। अरुधन्ती रेड्डी र राधा यादवले समान २ विकेट लिए। रेनुका सिंहले १ विकेट झारिन्।

त्यसअघि श्रीलंकाको डम्बुलास्थित रंगिरी डम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रनको विशाल योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर सफाली वर्मा र डेलायन हेमालताले १ सय २२ रनको विशाल साझेदारी गरे।

नेपालका लागि अलराउण्डर सीता राना मगरले ओपनर दयालान हेमालतालाई रुविना क्षेत्रीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाइन्। उनले ४२ बलमा ५ चौका र १ छक्का सहयोगमा ४७ रन बनाएकी थिईन्।

१६ औँ ओभरको तेस्रो बलमा सीताले ओपनर सेफालीलाई ८१ रन बनाउँदा विकेट किपरको हातबाट आउट गराईन्। सेफालीले १२ चौका र १ छक्का सहयोगमा ८१ रन बनाउँदा पेभेलियन फर्किईन्।

१९ औँ ओभरको तेस्रो बलमा कविता जोशीले सजिभन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्।

जेमिनाह रोड्रिगेज २८ र रिचा घोष ६ रनमा अविजित रहे। नेपालका लागि सीता राना मगरले दुई तथा कविता जोशीले १ विकेट झारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .