मालदिभ्समा सम्पन्न काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा काँस्य पदक जितेर नेपाली युवा टोली स्वदेश फर्किएको छ।
जेनिशा विश्वकर्माको कप्तानी रहेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।
मंगलबार भएको तेस्रो स्थानको खेलमा घरेलु टोलीलाई सोझो सेटमा पराजित गर्दै नेपालले काँस्य पदक जितेको थियो।
नेपालले आयोजक मालदिभ्सलाई २५–१५,२५–१० र २५–१४ पाखा लगाएको थियो। चार टोली सहभागी च्याम्पियनसिपमा माल्दिभ्स भने जितविहीन बन्यो।
लिग चरणमा पनि नेपालले मालदिभ्सलाई सोझो सेटमा नै पराजित गरेको थियो।
नेपालले पहिलो खेलमा श्रीलंकासँग ३–१ र दोस्रो खेलमा कीर्गिस्तनसँग सोझो सेटमा पराजित हुनुपरेको थियो।
सेमिफाइनल खेलमा पनि नेपाल किर्गिजस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो।
567
Shares
प्रतिक्रिया