ad ad

खेल


तयारी कम भएको अनुभव भयो : कप्तान जेनिसा विश्वकर्मा

तयारी कम भएको अनुभव भयो : कप्तान जेनिसा विश्वकर्मा

नेपालखबर
साउन १०, २०८१ बिहिबार १७:४४, काठमाडौँ

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ। 

भलिबल टोली बिहीबार दिउँसो नेपाल आएको हो। माल्दिभ्सको राजधानी मालेमा मंगलबार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो। खेल नेपालले २५–१५, २५–१०, २५–१४ ले जितेको थियो।

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो।

त्यसअघि नेपालले लिग चरणमा श्रीलंकासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार व्यहोरेको थियो।

यु–२० महिला भलिबल टिमकी कप्तान जेनिसा विश्वकर्माले प्रतियोगिता आफ्नो तर्फबाट राम्रो भएको प्रतिक्रिया दिइन्। नेपालले उपाधि जितोस् भन्ने चाहना भए पनि आफूहरूले राम्रो खलेको उनको भनाइ थियो। विपक्षी टिम राम्रो रहेको र नेपालको तयारी कम भएको अनुभव भएको उनले बताइन्।

चार देश सम्मिलित प्रतियोगितामा किर्गिस्तान च्याम्पियन बनेको छ। नेपाल काँस्य पदक जितेर फर्किएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .