ad ad

खेल


ओलम्पिक्स खेल्न यी खेलाडीले काटे औँला

ओलम्पिक्स खेल्न यी खेलाडीले काटे औँला

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १६:५६,

पेरिस ओलम्पिक्समा खेल्न अस्ट्रेलियाका एक हक्की खेलाडीले आफ्नो औँला काटेका छन्। 

दुई साताअघि अभ्यासका क्रममा म्याट डसनको दायाँ हातको एउटा औँला भाँचिएको थियो। सर्जरी गरेर निको पार्न यसलाई महिनौँ लाग्ने भयो।

त्यसैले यी ३० वर्षीय खेलाडीले आँख्लाभन्दा माथि औँला काट्ने निर्णय लिए। तेस्रोपटक ओलम्पिक्स खेल्न लागेका उनको निर्णयले टोलीका सहखेलाडी र प्रशिक्षकलाई समेत चकित तुल्याएको छ।

शनिबार उनले ओलम्पिक्समा अर्जेन्टिनासँग खेल्नेछन्। घाइते भएको ठिक १६ दिनपछि। 

डसनले सञ्चारमाध्यमलाई बताएअनुसार उनको औँला यति नराम्ररी भाँचिएको थियो, त्यो देखेर उनी बेहोस भएका थिए। आफ्नो ओलम्पिक्स सपना समाप्त भएको उनले ठानेका थिए।

लगत्तै उनले प्लास्टिक सर्जनसँग सल्लाह गरे। लामो समयपछि निको हुँदा पनि औँलाले राम्ररी काम गर्न नसक्ने देखिएको उनको छ। तर, औँला काटे १० दिनमा ठिक हुने सुझाव ती सर्जनले दिए।

पत्नीले हतारमा केही नगर्न सुझाव दिए पनि उनले त्यही दिन औँला काट्ने निर्णय गरेका थिए।

‘म करिअरको सुरुतर्फभन्दा अन्त्यको चाहिँ नजिक छु। के थाहा, मेरो अन्तिम ओलम्पिक्स यही हुन्छ कि,’ उनले भनेका छन्, ‘त्यसका लागि औँलाको टुप्पा फाल्नैपर्छ भने म त्यसका लागि तयार छु।’

२०१८ मा कमनवेल्थ गेम्सअघि पनि उनले हक्की स्टिकले लागेर झण्डै एउटा आँखा गुमाएका गुमाएका थिए। तैपनि उनको टोलीले स्वर्णपदक जितेको थियो। टोकियो ओलम्पिक्समा पनि अस्ट्रेलियाले रजत पदक जितेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .