ad ad

खेल


फुटबल स्टार यमालका बुवामाथि छुरा प्रहार

फुटबल स्टार यमालका बुवामाथि छुरा प्रहार

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १८:१३,

युरोकपमा सनसनी मच्चाएका १७ वर्षे स्पेनी फुटबलर लमिन यमालका बुवामाथि छुरा प्रहार भएको छ। 

स्पेनी सञ्चारमाध्यमका अनुसार उनका बुवा मुनिर नासरावीमाथि बार्सिलोनाको उत्तरतर्फ पर्ने मातारो सहरमा आक्रमण भएको हो। यमाल सोही ठाउँमा हुर्केका थिए।

बुधबार राति कार पार्किङमा उनलाई छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ। ती मानिसहरूसँग उनको दिउँसो विवाद भएको बताइएको छ।

दिउँसो कुकुर डुलाउने समयमा उनीहरूसँग नासरावीको झगडा परेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्। 

तिनै मानिसहरूले राति उनलाई कारपार्कमा अनेक पटक छुरा प्रहार गरेको जनाइएको छ।

कम्तीमा तीन जना शंकास्पद व्यक्ति पक्राउ परेको क्याटलान प्रहरीले जनाएको छ।

नासरावीलाई गम्भीर अवस्थामा बार्सिलोनाको अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था स्थिर रहेको बताइएको छ।

यमालले यसवर्षको युरोकप जितेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .