ad ad

खेल


करातेकी एरिका र टेबलटेनिस स्यान्टु सम्मानित

करातेकी एरिका र टेबलटेनिस स्यान्टु सम्मानित

नेपालखबर
भदौ १, २०८१ शनिबार १९:५, काठमाडौँ

करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएको छ।

शनिबार न्युज पोर्टल हाम्रो खेलकुदको नवौँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन्। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरे। उनीहरूले अवार्ड सहित २५ हजार रुपैयाँ प्राप्त गरे। स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले अवार्ड ग्रहण गरेका थिए।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेसिस ओलम्पिकका‌ लागि छनोट हुन सफल भएका थिए। सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैध र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम  २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो। सुदीप मिडियाका अध्यक्ष सुबास हुमागाईंले यो यात्रामा सहयोग गर्नुे सबैलाई स्वागत गर्दै अनलाइन सन्चालन चुनौतीपूर्ण रहेको बताएका थिए। 

राखेपका‌ सदस्य सचिव घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकाले हाम्रो खेलकुदको‌ वार्षिकोत्सवको लागि बधाई दिएका थिए।

सोही अवसरमा सहयोगी र प्रायोजकहरूलाई हाम्रो खेलकुदका सम्पादक तिमल्सिनाले मायाको चिनो प्रदान गरेका थिए।

सो अवसरमा तिमल्सिनाले सहयोगी सबैलाई धन्यावाद दिँदै खेलकुद अनलाइन खेलकुद पत्रकारिता चुनौतीपूर्ण रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .