ad ad

खेल


इङलिस प्रिमियर लिग: वुल्भ्समाथि आर्सनलको सहज जित

इङलिस प्रिमियर लिग: वुल्भ्समाथि आर्सनलको सहज जित

नेपालखबर
भदौ २, २०८१ आइतबार ६:२०, काठमाडौँ

वुल्भ्समाथि सहज जित निकाल्दै आर्सनलले इङलिस प्रिमियर लिगमा सुखद् सुरुवात गरेको छ। 

शनिबार राति इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले वुल्भ्समाथि २–० को सहज जित निकालेको हो। 

आर्सनलको जितमा काई हाभर्टज र बुकायो साकाले गोल गरे। 

पहिलो हाफको २५ औँ मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ७४ औँ मिनेटमा हाभर्टजको पासमा साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। साकाले वुल्भ्सविरुद्धको ११ प्रिमियर लिग खेलमा चार गोल गरेका छन्। 

वुल्भ्सका लागि डेब्यु गरेका जोर्गन स्ट्रान्ड लार्सनले पहिलो हाफमा गरेको हेडर प्रहार आर्सनलका गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाउ गरेका थिए। 

गएराति भएको खेलमा ब्राइटनले एभर्टनमाथि ३–० को जित दर्ता गरेको छ। यस्तै न्यु क्यासल युनाइटेडले साउथहेप्टनलाई १–० ले हराउँदा नटिङघम फरेष्टले एएफसी बर्नमाउथसँग १–१ को बराबरी गर्दै अंक बाँड्यो। 

अर्को खेलमा एष्टन भिल्लाले वेष्ट ह्याम युनाइटेलाई २–१ गोल अन्तरले हराउँदै प्रिमियर लिगको सुरुवात गरेको छ। 

लिगमा आज दुई खेल हुँदैछ। म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध खेल्दा अर्को खेलमा ब्रेनफोर्ड र क्रिस्टल प्यालेस भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .