ad ad

खेल


खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन : उर्जन श्रेष्ठ

खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन : उर्जन श्रेष्ठ

नेपालखबर
भदौ २, २०८१ आइतबार १९:२९, काठमाडौँ

नेपाली यू–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट बञ्चित भएको बताएका छन्।

सातदोबाटोमा समूह ‘ए’ को खेलमा श्रीलंकासँग १–० को साँघुरो जितपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

आफ्ना खेलाडीले बक्समा धेरै अवसरहरू पनि सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न असफल भएको उनले उल्लेख गरे। 

सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट बन्चित भएको उनको भनाइ छ। यद्यपि, उहाँले आफ्ना खेलाडीले धेरै मेहनत गरेको पनि उल्लेख गरे।  

उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए। प्रशिक्षक श्रेष्ठले शुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुनसक्ने आंकलन गरे। 

पराजित टोली श्रीलंकाका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए। उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए।

अन्तिम समयमा धेरै खेल स्थान परिवर्तन भइरहँदा पनि आफूहरूका लागि कठिन भएको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .