ad ad

खेल


मालोर्कासँग बराबरी गर्दै रियल मड्रिडले गर्‍यो सिजन सुरुवात

स्पेनिस ला लिगामा एमबाप्पेको डेब्यु
मालोर्कासँग बराबरी गर्दै रियल मड्रिडले गर्‍यो सिजन सुरुवात

नेपालखबर
भदौ ३, २०८१ सोमबार ७:३९, काठमाडौँ

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले स्पेनिस ला लिगामा डेब्यु गरेको खेलमा साविक विजेता रियल मड्रिडले बराबरी गर्दै सिजनको सुरुवात गरेको छ। 

आइतबार राति भएको खेलको रियलले मालोर्कासँग १–१ को बराबरी गर्दै सिजनको सुरुवात गरेको हो। 

पहिलो हाफको १३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। 

तर ५३औँ मिनेटमा डानी रोड्रिग्वेजको क्रसमा वेदाट मुरिकीले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको इन्ज्युरी समयको सातौँ मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो।

डिफेन्डर फेर्ल्यान्ड मेन्डी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा रियलले अंक बाँडेको हो।

बराबरीसँगै रियल अंक तालिकाको १२औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .