ad ad

खेल


भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेस युनाइटेडबाट खेल्ने

भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेस युनाइटेडबाट खेल्ने

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ११:५२, काठमाडौँ

मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा  भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ।

योसँगै मधेस युनाइटेडले ईडब्लूभीएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ।

मधेसले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक  महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग हुनलागेको हो। आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा कभर्डहलमा ईडब्लुभीएल हुँदै छ।  

विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेस टिमले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने देखिएको छ। 

२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन्। तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेस युनाइटेडको टिम सन्तुलित बनेको छ।

केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्। 

जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ।

जिनीले मधेस युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेस युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन्। 

'मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेस युनाईटेडबाट खृल्न आउँदै छु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।'

मधेस युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेस टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताइन्।

जिनीको अनुबन्धपछि मधेस युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ। नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।

मार्की प्लेअर निरुतासहित  राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेसको टिममा छन्। यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेस टिममा छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेस टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेसको टिममा छिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .