ad ad

खेल


नेपाल प्रिमियर लिग : कुन टिम कतिमा बिक्यो?

नेपाल प्रिमियर लिग : कुन टिम कतिमा बिक्यो?

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:५०, काठमाडौँ

आगामी मंसिर १५ देखि पुस ६ गते (२०२४ नोभेम्बर ३०–डिसेम्बर २१) सम्म काठमाडौंमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा सहभागी रहने फ्रेन्चाइज टीमको मूल्य तोकिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी फ्रेन्चाईज टीमहरूको आज (भदौ २० गते) बिडिड्ग भएको जनाएको छ।

क्यानले छनौट भएका कम्पनीहरूको नामावली बिड गरेको मूल्य सहित सार्वजनिक गरेको छ।

आईपीएल खेल्ने ८ वटा टिममध्ये सबैभन्दा धेरै मूल्य पोखराले पाएको छ। जसलाई नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा किनेको छ।

यस्तै, काठमाण्डौंलाई कान्तिपुर पब्लिकेसनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा खरिद गरेको छ भने ३ चितवनलाई चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार, विराटनगरलाई एमएडी ड्रिम स्पोर्टस्ले १ करोड ५१ लाख मूल्य तिरेको छ।

यसैगरी लुम्विनीलाई फोर्चुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ, जनकपुरलाई ड्रिम स्पोर्टस्ले २ करोड ५ लाख कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार, र सुदूरपश्चिमलाई इम्पायर स्पोर्टस्ले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ मूल्य तिरेको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएको छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .