ad ad

खेल


विश्व फुटबलमा रोनाल्डोको अर्काे कीर्तिमान, बने ९०० गोल गर्ने पहिलो खेलाडी

विश्व फुटबलमा रोनाल्डोको अर्काे कीर्तिमान, बने ९०० गोल गर्ने पहिलो खेलाडी

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ११:५५, काठमाडौँ

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को कीर्तिमान बनाएका छन्।

३९ वर्षीय रोनाल्डो ९ सय गोल गर्ने विश्वको पहिलो खेलाडी बनेका हुन्। 

नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले हरायो।

पोर्चुगलको उक्त जितमा स्टार स्ट्राइकर रोनाल्डोले पनि एक गोल गरेका हुन्।

योसँगै उनले नौ सय गोल पूरा गरी कीर्तिमान बनाएका हुन्। 

पोर्चुगलका लागि पहिलो गोल सातौँ मिनेटमा डिएगो डालोटले गरेका थिए भने ३४औँ मिनेटमा रोनाल्डोले गोल थपेका थिए।

रोनाल्डोले योसँगै पोर्चुगलबाट १३१, स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १४५, रियल म्याड्रिडबाट ४५० , युभेन्टसबाट १०१ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .