समीर तामाङको ह्याट्रिकमा नेपाली युवा टोलीले एएफसी यू–२० एसियन कप २०२५ छनोटमा पहिलो जित हात पारेको छ।
सोमबार चाइनिज ताइपेईमा भएको खेलमा नेपालले ३–१ को फराकिलो जित हात पारेको हो।
नेपालको जितमा सबै गोल समीरले गरे। उनले खेलको ३२ औँ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा समीरकै गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा याङ चाओ–जिङको गोलमा घरेलु टोली खेलमा फर्कने संकेत गरेको थियो।
यद्यपी खेलको ८४ औँ मिनेटमा समीरले ह्याट्रिक पूरा गर्दा नेपालको जित पक्का गरे।
शनिबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो।
समुह बी मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया रहेको छ।
सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा ४५ राष्ट्रको सहभागी छन्।
यी टोलीलाई १० समूहमा विभाजन गरिएको छ। १० समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले यू–२० एसियन कपमा स्थान बनाउनेछन्।
Shares
प्रतिक्रिया