ad ad

खेल


स्पेनिस ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै

भिल्ला रियलमाथि ५–१ को फराकिलो जित
स्पेनिस ला लिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै

नेपालखबर
असोज ७, २०८१ सोमबार ५:४२, काठमाडौँ

भिल्ला रियललाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राखेको छ। 

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ५–१ को फराकिलो जित निकालेको हो। 

बार्साको जितमा रोबर्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे। पोब्लो टोरेले एक गोल थपे। भिल्ला रियलका लागि अयोज पेरेजले शान्त्वना गोल फर्काए। 

पहिलो हाफको २० औँ मिनेटमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। ३५ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

त्यसको तीन मिनेट पछि नै अर्थात ३८ औँ मिनेटमा भिल्लारियलका लागि अयोजले गोल फर्काउँदै गोल अन्तर कम गरे। 

तर खेलको ५८ औँ मिनेटमा पोब्लोको गोलमा बार्सिलोनाले अग्रता फेरि बढायो। राफिन्हाले खेलको ७४ र ८३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए। 

लिगमा लगताार छैटौँ जित निकालेको बार्सिलोना १८ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ११ अंक भएको भिल्लारियल पाचौँ स्थानमा छ। 

गएराति नै भएको खेलमा गेटाफे र लेगेनास तथा रायो भालेकानो र एथलेटिको मड्रिडले १–१ को बराबरी खेल्दै अंक बाँडे। 

एथलेटिको क्लबले भने सेल्टा डी भिगोमाथि ३–१ को जित दर्ता गर्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .