भालेरी फर्नान्डेजको निर्णायक गोलमा मालोर्काले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि रोमाञ्चक जित हात पारेको छ।
रियल बेटीसको घरेलु मैदानमा सोमबार राति भएको खेलमा मालोर्काले बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
मालोर्काको जितमा डानी रोड्रिगेज र भालेरी फर्नान्डेजले गोल गरे। रियल बेटीसका लागि जिओभानी लो सेल्सोले १ गोल गरे।
खेलको सातौँ मिनेटमा जिओभानीको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै डानीको गोलमा मालोर्का बराबरीमा आएको थियो।
खेलको इन्ज्युरी समयमा फर्नान्डेजले गोल गरेपछि मालोर्काले जित हात पारेको हो।
जितसँगै मालोर्का ७ खेलबाट ११ अंकसहित पाँचौं स्थानमा छ। पराजित बेटिस ६ खेलमा ८ अंक जोडेको ११औं स्थानमा छ।
24
Shares
प्रतिक्रिया