ad ad

खेल


लिग-२ सिरिजको अन्तिम खेलमा आज ओमानसँग भिड्दै नेपाल

दुवै कुशल र दीपेन्द्र सुरुवाती ११ मा आउने सम्भावना
लिग-२ सिरिजको अन्तिम खेलमा आज ओमानसँग भिड्दै नेपाल

नेपालखबर
असोज ८, २०८१ मंगलबार ८:२८, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल ओमानसँग भिड्दैछ।

क्यानडाको किङसिटीमा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

सिरिजका तीनै खेलमा हार भोगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमानलाई जितेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।

पहिलो खेलमा नेपाल ओमानसँग १ विकेटले हार्‍यो।

यस्तै घरेलु टोली क्यानडासँग पहिलो खेलमा १ सय ३ रनको फराकिलो अन्तरले हारेको नेपाल दोस्रो खेलमा भने ५ विकेटले पराजित भयो।

नेपाली टोलीले लिग-२ का पछिल्ला ५ खेलमा लगातार हार भोगिरहेको छ।

पछिल्लो समय खराब लयमा रहेको नेपाली टोली लिग-२ मा दोस्रो जितको खोजीमा छ। 

जारी सिरिजमा नेपाली टोलीले लय गुमाउँदा नेपाल लगातार हारको सिकार भइरहेको छ।

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले जारी सिरिजमा दुई खेलमा नेपाली टोलीका प्रमुख तीन खेलाडीलाई बेन्चमा राखेका छन्।

ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आजको खेलमा सुरुवाती ११ मा आउन सक्नेछन्। 

लिग-२ त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी-२० आई सिरिज खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .