ललितपुरको झमेल रक्स युवा समूहले फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। युवाहरूमा एकताको भावना जागृत गराउन र लागुऔषध तथा अन्य कुलतमा नफस्न जनचेतना जगाउन चौथो फुटसल प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिता आगामी असोज १९ गते शनिबार बिहान ८ बजेबाट सञ्चालन हुने आयोजक समूहले जनाएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यता र ललितपुर महानगरपालिका–२ अध्यक्ष राजेश कुमार महर्जनको विशेष आतिथ्यतामा आयोजना हुने फुटसल प्रतियोगिता फिल्ड फुटसल सानेपामा सञ्चालन हुनेछ।
प्रतियोगितामा पहिलो हुने टोलीलाई एक लाख, दोस्रो हुने टोलीलाई पचास हजार र उत्कृष्ट खेलाडीहरू पाँच हजार पाँच सय पचपन्न र उत्कृष्ट गोलरक्षकलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगदले पुरस्कृत गरिने आयोजक युवा समूहले जनाएको छ।
ललिपुर महानगरपालिका–२ को सहयोगमा आयोजना हुने यो प्रतियोगिता नकआउटका आधारमा खेलाइने बताइएको छ।
Shares
प्रतिक्रिया