अवरुद्ध भएको एभरेस्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभीएल) को शुक्रबारको पहिलो खेल सुरु भएको छ।
नियम विपरित खेलाडी खेलाइएको भन्दै गण्डकी, कर्णाली र काठमाडौँविरुद्ध ललितपुर र चितवनले प्रोटेस्ट हालेपछि खेल अवरुद्ध बनेको थियो।
शुक्रबारको पहिलो खेल ललितपुर क्विन्स र चितवन शक्रिबीच हुँदैछ। निर्धारित समयभन्दा १ घण्टाभित्र लामो समयपछि सुरु भएको हो।
आयोजक इन्फिनिटी ड्रिम्सले दुई टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि खेल हुने भएको हो।
प्रतियोगिताको नियम अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेका खेलाडीलाई ट्यालेन्ट हन्टमा छनोट गर्न नपाउने प्रावधान छ।
तर तीन टोलीले भने उक्त नियम तोडिएको पाइएको भन्दै उजुरी परेको थियो।
6
Shares
प्रतिक्रिया