खेल


अष्ट्रिया युरोकपको अन्तिम १६ मा, नेदरल्यान्ड्स बन्यो समूह विजेता

अष्ट्रिया युरोकपको अन्तिम १६ मा, नेदरल्यान्ड्स बन्यो समूह विजेता

नेपालखबर
असार ७, २०७८ सोमबार १८:८,

क्रिस्टोफ बाउमगार्टनरको गोल निर्णायक गोलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रिया युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ।

सोमबार राति भएको समूह चरणअन्तर्गत समूह ‘सी’को अन्तिम खेलमा अष्ट्रियाले युक्रेनलाई १–० गोल अन्तरले पाखा लगाउँदै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो।

रोमानियास्थित बुकारेष्टमा भएको खेलमा जित्नैपर्ने दबाबमा रहेको अष्ट्रियाका लागि मिडफिल्डर क्रिस्टोफ बाउमगार्टनरको गोल निर्णायक बन्यो।

उनले खेलमो २१औँ मिनेटमा कप्तान डेविड अलावाको पासमा गोल गरे। पहिलो हाफमा एक गोल भएको खेलमा दोस्रो हाफमा कुनै टोलीले गोल गर्न सकेनन्।

जितसँगै अष्ट्रियाले ६ अंक जोडेको छ। पराजित युक्रेन भने ३ अंकमा तेस्रो स्थानमा छ। युक्रेनले अब अघिल्लो चरण पुग्न अन्य समूहका टोलीको नतिजा कुर्नुपर्ने हुन्छ।

आजको खेलमा अष्ट्रियासँग बराबरी मात्र पनि गरेको भए युक्रेन अन्तिम १६ मा पुग्ने थियो।

north mese vs netherland

नेदरल्यान्ड्स समूह विजेता
समूह चरणकै अर्को खेलमा नर्थ मेसेडोनियालाई हराउँदै नेदरल्याण्ड्स समूह विजेताको रुपमा अघिल्लो चरण पुग्यो।

यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३–० को फराकिलो अन्तरले पाखा लगाएको हो।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेदरल्याण्डले दोस्रो हाफमा २ गोल थप्यो।

खेलको २४ औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले डोनेबेल मालनको पासमा गोल गरे।

खेलको ५१ औँ मिनेटमा जर्जिन्हो वाइनल्डमले गोल गर्दै अग्रता दोब्बर पारे। उनले डिफएको पासमा गोल गरेका थिए।

त्यसमो ७ मिनेट पछि नै जर्जिन्हो वाइनल्डमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

पहिलो पटक युरो कप खेलेको नर्थ मेसेडोनिया भने अंकविहीन रुपमा समूह चरणबाट नै घर फर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .