खेल


सफल पोखरा म्याराथनमा केन्याली धावकको दबदबा

सफल पोखरा म्याराथनमा केन्याली धावकको दबदबा

नेपालखबर
फागुन ५, २०८० शनिबार १९:४०, पोखरा

पोखरामा आयोजित सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले आफ्नो दबदबा कायमै राखेका छन्। १६ औं संस्करणदेखि पोखरा म्याराथनमा केन्याली धावकहरुले उपाधिमा दबदबा कायम गर्दै आएका छन्।

यसपटकसमेत केन्याकै पोल्टामा उपाधि रह्यो। जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो हुँदा इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए।

तीनै जना केन्याका हुन्।

किप्लीगाट १७ औं सस्करणका विजेता थिए। त्यस्तै नेपाली धावक किरणसिंह बोगटी चौथों स्थानमा रहे। उनले २ घण्टा २३ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे। किरणले नेपालगंजमा दुई घण्टा २५ मिनेटमा दौड पूरा गरेका थिए।

यस्तै, बंगलादेशमा दुई घण्टा २४ र पोखरामा म्याराथनमा दुई घण्टा २३ मिनेटमा दूरी पुरा गरेको बताए। किरणले आफ्नो टाइमिङमा सुधार गरेको सुनाए। उनीहरुले क्रमशः  ५ लाख, ३ लाख, २ लाख र ३० हजार नगद हात पारे।

त्यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए। महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन्।

उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै नगद  १ लाख ५० हजार प्राप्त गरिन्। २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दूरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दूरी पार गरेकी फुलमती राना चौथो भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .