खेल


फ्रान्सलाई रोक्ने रणनीतिमा डेनमार्क

फ्रान्सलाई रोक्ने रणनीतिमा डेनमार्क

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ११:८, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार पूर्वविजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदै छ। कतारको स्टेडियम ९७४ मा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

समूह डीबाट माथिल्लो चरणमा जाने अपेक्षा गरिएका यी दुई टोलीबीच हुने खेल डेनमार्कको लागि महत्वपूर्ण मानिएको छ।

डेनमार्कले पहिलो खेलमा ट्युनिसियासँग बाराबरी खेलेकाले फ्रान्सलाई रोक्नु उसको लागि  महत्वपूर्ण हुनेछ।

शनिबार हुने अर्को खेलमा ट्युनिसियाले जित हात पारेको र डेनमार्क फ्रान्ससँग पराजित भएको खण्डमा डेनमार्कको लागि माथिल्लो चरणको यात्रा कठिन हुन सक्छ। त्यसैले शनिबारको खेलमा डेनमार्क कम्तीमा बराबरीको नतिजा हात पार्ने दाउमा हुनेछ। 

यद्यपि फ्रान्सलाई रोक्नु डेनमार्कको लागि त्यति सजिलो भने छैन। पूर्वविजेतासमेत रहेको फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको फराकिलो जित हात पारेको थियो। 

इतिहास हेर्ने हो भने शनिबारको खेल रोचक हुने देखिन्छ। यी दुवै टोलीले अहिलेसम्म १४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका छन्। जसमध्ये दुवैले ६/६ खेलमा जित हात पारेका छन् भने दुई खेल बराबरीमा टुङ्गिएको छ।

यद्यपि फिफा विश्वकपमा भने फ्रान्स बलियो छ। विश्वकपअन्तर्गत यी दुई टोलीबीच अहिलेसम्म भएको दुई खेलमध्ये दुवै खेलमा फ्रान्सले जित हात पारेको छ। 

सन् २०१८ यता डेनमार्क पनि फ्रान्ससँग पराजित भएको छैन। त्यसयता भएका तीन खेलमध्ये डेनमार्कले दुई खेलमा जित हात पारेको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .