सुदूरपश्चिम


दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

फाइल तस्बिर।


गोकुल जोशी
पुस २३, २०७९ शनिबार १५:४०, कञ्चनपुर

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन्।

व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका स्थानीयले बताएका छन्।

तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए।

स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन्।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .