सुदूरपश्चिम


बझाङ हिमपहिरो : बेपत्तामध्ये दुई महिला मृत भेटिए, एक किशोरीको अवस्था अझै अज्ञात

बझाङ हिमपहिरो : बेपत्तामध्ये दुई महिला मृत भेटिए, एक किशोरीको अवस्था अझै अज्ञात

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार ९:४९, कञ्चनपुर

बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिमपहिरोमा परेर बेपत्तामध्ये दुईजना मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीका शव फेला परेका हुन्। उनीहरुको शव स्थानीयले भेट्टाएको प्रहरीले जनाएको छ। 

हिमपहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ।

सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी हिमपहिरोमा परी घाइते भएका छन्।

उपचारका लागि घाइते र पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल चैनपुर ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। 

यार्सा संकलन गर्न पुगेका उनीहरु आइतबार हिमपहिरोमा पुरिएका थिए। उनीहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आइतबार नै त्यसतर्फ गएको छ। तर कठिन र लामो बाटोका कारण सुरक्षाकर्मीको टोली अझै नपुगेको प्रहरी निरीक्षक अवस्थीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .