सुदूरपश्चिम


प्रशासनलाई थाहै नदिई भारतीय पक्षले गर्‍यो नेपाली भूमि नापजाँच (भिडिओ)

प्रशासनलाई थाहै नदिई भारतीय पक्षले गर्‍यो नेपाली भूमि नापजाँच (भिडिओ)

गोकुल जोशी
असार १, २०८० शुक्रबार १४:५६, कञ्चनपुर

नेपाली प्रशासनलाई जानकारी नै नदिएर अनाधिकृत रुपमा भारतीय पक्षले नेपाली भूमि नापजाँच गरेको पाइएको छ। भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा भारतीय पक्षले नेपाली भुमि नापजाँच गरेको हो।

नापजाँचको सामाग्री बोकेर नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय गाडीमा गड्डाचौकी पुगेका भारतीयले नापजाँच गरिरहेको स्थानीयले देखेका थिए।

स्थानीयले उनीहरूको काम रोकेर सोधपुछ गर्दा सर्वेक्षण विभाग देहेरादुनबाट आएको बताएका थिए। नेपाली पक्षसँग समन्वय नै नगरी अनाधिकृत रुपमा घुसेर नेपाली भुभाग नापजाँच गरिरहेका ४ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार सोधपुछका लागि ४ जना भारतीयलाई समातिएको थियो।

यूपी ८०६ जे ३९४५ नम्बरको जिपमा उनीहरु नेपाली भुभाग आएका थिए। 

प्रहरीसँग सोधपुछक क्रममा ती भारतीयले दोधारा चादनीमा बन्ने सुख्खा बन्दरगाहको नेपालतर्फ लेबल हेर्नलाई आएको भनेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .