ad ad

सुदूरपश्चिम


बझाङ दुर्घटनामा मन्त्री दम्पतीकै अवस्था गम्भीर, काठमाडौं ल्याउने तयारी

बझाङ दुर्घटनामा मन्त्री दम्पतीकै अवस्था गम्भीर, काठमाडौं ल्याउने तयारी

नेपालखबर
असार ५, २०८० मंगलबार १५:४०, काठमाडौँ

सूदुरपश्चिमको बझाङमा भएको दुर्घटनामा परेका मन्त्रीका दम्पत्तिसहित ५ जनाकै अवस्था गम्भीर रहेको छ।

सूदुरपश्चिम प्रहरी प्रमुख डीआईजी भरतबहादुर सिंहका अनुसार दुर्घटनामा मंगलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका १ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको हो। 

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंहसहित ५ जना सवार थिए। 

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङगा नदीको किनारमा खसी दुर्घटना भएको हो। तत्काल प्रहरी टोली खटिई गई उद्वार गरी घाइतेहरुलाई उपचारको लागी रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा पुर्‍याएको छ। 

घाइतेहरुलाई थप उपचारको लागी काठमाडौं लैजाने तयारी भइरहेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ। 

दुर्घटनामा सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंह, उनकी पत्नी ५० वर्षीया अमृता सिंह, चालक ३५ वर्षीय  धर्मराज जोशी, बझाङ जपृथ्बी नगरपालिका १० का ६० वर्षीया जयादेवी सिंह र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी घाइते भएका छन्।

चालकको अवस्था मध्यम र अन्य चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .