ad ad

सुदूरपश्चिम


१५ वर्षीया किशोरी बलात्कार आरोपमा दुई किशोरसहित ३ जना पक्राउ

१५ वर्षीया किशोरी बलात्कार आरोपमा दुई किशोरसहित ३ जना पक्राउ

नेपालखबर
भदौ २६, २०८० मंगलबार ८:४७, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनीबाट १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीनजना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरबिन महता, १७ र १८ वर्षका दुई किशोर छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएको समयमा पहिलोपटक जबर्जस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्। 

यही भदौ १५ मा मेला हेर्न गएका बेला ललाईफकाई गरेर दोधारा चाँदनी नगरपालिका-४ बैतडा टोलस्थित उखुबारीमा करणी गरेको पीडितको भनाइ छ।

भदौ १९ मा दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगेर करणी गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .