ad ad

सुदूरपश्चिम


भीमदत्त पन्तको सालिक तोडफोडले चर्को आलोचना, राप्रपाले गर्‍यो अनिश्चितकालीन बन्द घोषणा

भीमदत्त पन्तको सालिक तोडफोडले चर्को आलोचना, राप्रपाले गर्‍यो अनिश्चितकालीन बन्द घोषणा

गोकुल जोशी
मंसिर ८, २०८० शुक्रबार २१:३७, कञ्चनपुर

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिका रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार निकालिएको गणतन्त्र विरोधी प्रदर्शनमा सहभागी आक्रोशित राजतन्त्र समर्थकहरूले भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन्।

राप्रपा कञ्चनपुरले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर आफ्ना कार्यकर्ता समातेको विरोधमा अनिश्चितकालकका लागि कञ्चनपुर बन्दको आह्वान गरेको छ। 

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले हिरासतमा राखिएका नेता कार्यकर्ता निसर्त रिहा नहुँदासम्म अनिश्चिकालका लागि पूर्ण रुपमा बन्द घोषणा गरिएको बताए।

तोडफोडमा संलग्न राप्रपा कञ्चनपुरका १८ जना स्थानीय नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। 

‘सालिक तोडफोड गर्नेलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भने, ‘प्रशासनसंग छलफल गरेर कानुन बमोजिम कारबाही हुन्छ।’ 

‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुनस्र्थापना अभियान’ले निकालेको प्रदर्शनका क्रममा भीमदत्त पन्तको शालिक तोडफोड गरेका थिए। 

तत्कालीन राजा महेन्द्रले निर्माण गरेको वाटिकाको अहिले भीमदत्त नामाकरण गरिएको भन्दै आक्रोशित राजावादी समर्थनले शालिक तोडफोड गरेका हुन। 

वाटिकाको मूल प्रवेशद्धारमा उल्लेखित भीमदत्त वाटिका मेटाएर उनीहरूले महेन्द्र पार्क लेखेका छन्।

किसान नेता पन्तको शालिक तोडफोड घटनाको अहिले चर्को आलोचना भइरहेको छ। माओवादी केन्द्र कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै गरिब, मजदुर र पीडितको पक्षमा कृषिक्रान्ति गर्ने किसान नेता पन्तको शालिक तोडफोड घटनाको भत्र्सना गरेको छ।

तत्कालीन राजा महेन्द्रले बसालेको सहरको गणतन्त्रवादीहरूले नाम बदलेर महेन्द्रको अपमान गरेको राप्रपाको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .