ad ad

सुदूरपश्चिम


कञ्चनपुरको बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

कञ्चनपुरको बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:३२, कञ्चनपुर

जिल्लाको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको हो। स्थानीय युवा गोकर्ण जोशीको अगुवाइमा अभियान सञ्चालन गरिएको हो।

सार्वजनिक, बाँझो जग्गामा बेलका बिरुवा रोप्ने कार्य भइरहेको अभियानकर्ता जोशीले बताए।

‘बेलको घनाजङ्गल भएकाले यस ठाउँको नाम बेलडाँडी रहन गएको हो’, उनले भने, ‘अहिले बेलका रुखहरू देख्नै नपाइने अवस्था आएकाले अभियान सञ्चालन गरी बिरुवा रोप्न थालेका छौँ।’

बेलडाँडीको पुरानो पहिचान फर्काउनका लागि अभियान सञ्चालन गरिएको भन्दै बिरुवा खरिद गर्न ‘एक किसान रु एक’ सङ्कलन गरिएको जोशीले जानकारी दिए।

उनका अनुसार रकम सङ्कलन अभियानअन्तर्गत हालसम्म रु २३ हजार बढी सङ्कलन भएको छ। हालसम्म रु नौ हजार पाँच सयको बिरुवा खरिद गरिएको उनले बताए।

बचत रहेको बाँकी रकमबाट दोस्रो चरणमा सञ्चालन हुने बिरुवा रोपण कार्यक्रममा खर्च गरिने अभियानकर्ता जोशीले उल्लेख गरे। गाउँपालिकाका सबै वडामा बेलका बिरुवा रोपिने उनको भनाइ छ। बेल धार्मिक कार्यका साथै औषधिका रुपमा समेत प्रयोग हुँदै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .