ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, झन्डै ६६ हजार नगद बरामद

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ, झन्डै ६६ हजार नगद बरामद

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ८, २०८१ मंगलबार ८:१५, कञ्चनपुर

कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट सोमबार राति तास खेलिरहेका बेला १६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास पनि बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .