ad ad

अटो


३ करोड ८८ लाख रुपैयाँ पर्ने यस्तो छ रोल्स रोयसको विलासी नयाँ कार

३ करोड ८८ लाख रुपैयाँ पर्ने यस्तो छ रोल्स रोयसको विलासी नयाँ कार

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ८:२४,

चर्चित कम्पनी रोल्स रोयसले आफ्नो पछिल्लो अत्याधुनिक कार सार्वजनिक गरेको छ। केही दिनअघि कम्पनीका प्रमुख टोर्स्टेन म्युलर अटभोसले नयाँ विलासी कार सार्वजनिक गरेका हुन्।

महामारीकै बीच सार्वजनिक गरिएको कारको मूल्य साढे २ लाख पाउन्ड स्टर्लिङ पर्ने बताइएको छ। यो भनेको नेपाली करिब ३ करोड ८८ लाख रुपैयाँ हो।

पछिल्लो समय हवाइ तथा कार उद्योगलाई महामारीले नराम्रो असर गरे पनि विश्व बजार पुनः सामान्य अवस्थामा फर्किनथालेको उनले बताए। नयाँ कार रोल्स रोयस घोस्ट नाम दिइएको छ।

उनले यो वर्षको ६ महिनामा कार बिक्री ३० प्रतिशतले घटे पनि पुनः बजार लयमा फर्किरहेको बताए ।

उनले नयाँ कार पूर्णरुपले नयाँ डिजाइनमा सफल रहेको बताए । रोल्स रोयसले विश्व महामारीको प्रभाव उच्च हुँदा दुई हप्ता उत्पादन बन्द गरेको थियो । सन् २०१९ मा राम्रो भएको कार बजार महामारीले नराम्ररी प्रभावित भएको थियो ।

सन् २०१९ मा कम्पनीले १ सय १६ वर्षे इतिहासमै राम्रो व्यापार उनको भनाइ थियो । उनले पछिल्लो समय व्यवसाय लयमा फर्किनथालेको समेत उल्लेख गरे । अमेरिका कम्पनीको ठूलो बजार भए पनि चीन महत्वपूर्ण रहेको बताए । तर बेलायतजस्ता देशमा भने कम्पनीका कारको माग बढिरहेको उनको भनाइ छ । बेलायतमा कम्पनीको १० प्रतिशत बिक्री हिस्सा रहेको छ ।

यस्ता छन् विशेषता
रोल्स रोयस घोस्ट १० वर्षअघि नै बजारमा परिचित कार हो। अहिले यसको पुनः नयाँ डिजाइन गरिएको हो। यो कार पहिलेभन्दा केही सानो आकारमा डिजाइन गरिएको छ। ह्यान्ग वेल्डेड आल्मुनियम बडीयुक्त घोस्टको चौडाइ ३० एमएम फराकिलो बनाइएको छ।

२० एलईडी लाइट, विलासी क्याबिन रहेको कारमा ६.७५ लिटर ट्विन टर्बोचार्ज्ड भी१२ पेट्रोल इन्जिन रहेको छ। यसले ५६३ बीएचपी/४२० केडब्ल्यु र ८५० एनएम/६२७ एलबी टर्क उत्पादन गर्छ। यसले अधिकतम टर्क १६०० आरपीएममै दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .