काठमाडौं महानगरले वडाहरुलाई चालू आर्थिक वर्षभन्दा दोब्बर बजेट विनियोजन गरेको छ।
महानगरको आगामी बजेटले वडाहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पूरा गर्ने कार्यालयको रुपमा विकास गर्न दोब्बर बजेट विनियोजन गरिएको हो।
काठमाडौं महानगरपालिकाको विशेष महत्त्वका योजनामा हिटी, मठ मन्दिरको संरक्षण र संवर्द्धन गर्ने रहेको बताएको छ। काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयको रुपमा रहेको हरि भवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक यातायात, महानगर उज्यालो कार्यक्रम, डबलीको पुनर्स्थापना र एम्पी थिएटरको निर्माण महानगरको प्राथमिकतामा छन्।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा गुणात्मक विकास, बस स्टेसनमा परम्परागत फल्चा निर्माण, घर–घरमा गई ज्येष्ठ नागरिकको परीक्षण तथा औषधि उपचार, मेट्रो रेल विकास सम्भाव्यता अध्ययन गर्ने विषय अगाडि ल्याइएको छ।
Shares
प्रतिक्रिया