ad ad

बागमती


बागमतीमा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख क्षतिपूर्ति

बागमतीमा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख क्षतिपूर्ति

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १३:१९, काठमाडौँ

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १९१ लाख दिने बागमती प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको छ।

मङ्गलबार बसेको मन्त्री परिषदको बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ बर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र सिन्धुली कमलामाई १३ का ४० बर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १÷१ लाख दिने  निर्णय गरेको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

अधिकारीको ८ गते, माझिको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

यसैगरी आज नै बसेको मन्त्री परिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .