स्वास्थ्य तथा जनसख्या मन्त्री मोहन बहादुर बस्नेतले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटाैँडा अस्पतालको अनुगमन गरेका छन्।
संघीय स्वास्थ्यमन्त्री बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी सहितको टोलीले अस्पतालको अनुगमन गरेका हुन्। अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशी लगायतका स्थानको दुवै मन्त्री पुगेका थिए।
अस्पतालमा परेको समस्या र आम सर्वसाधरणलाई उपचारमा परेको समस्याका विषयमा जानकारी लिँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरे।
अस्पतालमा उपचार गरिरहेका सर्वसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए।
देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने मन्त्री बस्नेतले बताए।
यस्तै, हेटाैँडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शय्यामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान र व्यवस्थापन समिति मार्फत भने अरु १५० बेड थप गरेर सञ्चालन गरिएको जानकारी दिए।
Shares
प्रतिक्रिया