नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ललितपुरमा सञ्चालित अवैध एवम् अव्यवस्थित खानी तथा क्रसर उद्योगहरूलाई बन्द गरी वैकल्पिक व्यवस्थापनको माग गर्दै सरोकारवालाहरूलाई ज्ञापन पत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय र गोदावरी नगरपालिकालाई पत्र बुझाउँदै नेकपाले वैकल्पिक व्यवस्थापनको माग गरेको छ।
प्रकृतिको दोहन गरेर लुट मच्चाउँदा आम जनताले त्यसबाट सिर्जित प्राकृतिक, वातावरणीय र पर्यावरणीय असर र क्षति ब्यहोर्नुपरेको विज्ञप्तिमा जनाइएको छ।
यस अघिको मागलाई बेवास्ता प्राकृतिक वातावरण र पर्यावरणको रक्षाका पक्षमा मुखरित जनआवाजको नेतृत्व गर्दै जनसंघर्षका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने नेकपाले जनाएको छ।
39
Shares
प्रतिक्रिया