ad ad

बागमती


मकवानपुरमा आगलागी हुँदा घर जलेर नष्ट

मकवानपुरमा आगलागी हुँदा घर जलेर नष्ट

नेपालखबर
असार ३१, २०८० आइतबार २१:२६, हेटाैंडा

मकवानपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ सुलीकोट स्थित एक घरमा विद्युत सर्ट भई घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको हो।

आइतबार साँझ स्थानीय ६८ वर्षीय चन्द्रबहादुर वाईवाको घरमा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विद्युत सर्ट भएको करिब १५ मिनेटपछि घरमा भएको खाना पकाउने ग्यासको सिलिण्डर पनि विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसारआगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ भने घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा, एक तोला सुन र नगद ३० हजार गरी अन्दाजी ७ लाख बराबरको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .