ad ad

बागमती


काठमाडौँको बौद्धमा ‘लुटेरा’ पक्राउ गर्न प्रहरीले गोली हान्यो, एकजना घाइते


नेपालखबर
असोज २५, २०८० बिहिबार १४:३, काठमाडौँ

काठमाडौंको बाैद्धमा बिहीबार (आज) दिउँसो गोली हानेर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

उपत्यका उपराध अनुसन्धान कार्यालयले लुटेराविरुद्ध गोली चलाएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

गोली लागेर घाइते भएका ती व्यक्तिलाई नेपाल मेडिकल कलेज अतरखेल लगिएको छ। उनको परिचय खुलिसकेको छैन।

ती व्यक्तिको साथबाट पेस्तोल र ७ राउन्ड गोली बरामद भएको एसएसपी राठौरले बताए।

उनी लुट्न जाँदै गरेको सूचनाका आधारमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको उनको भनाइ छ। 

घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .