काठमाडौँ उपत्यकामा आज (आइतबार) बिहान गतिलै भूकम्पको धक्का महसुस गरिएको छ।
आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको हो।
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पर्ने दहचोकका स्थानीयले निकै बेर राम्रैसँग घर हल्लाएको बताए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले काठमाडौँ उपत्यकामा भूकम्प गएको पुष्टि गरे।
‘केन्द्रबिन्दु र रेक्टर स्केलका विषयमा हामी केही बेरमा निश्चित गर्ने छौँ’, उनले नेपालखबरसँग भने।
दसैँको रमझममा रहेका बेला भूकम्पको धक्का गएपछि उपत्यकावासी त्रसित भएका छन्।
1.2k
Shares
प्रतिक्रिया