ad ad

बागमती


कोटेश्वरमा बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु

कोटेश्वरमा बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु

नेपालखबर
फागुन २८, २०८० सोमबार ७:२९, काठमाडौँ

काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक (सई) टोपबहादुर खत्रीको मृत्यु भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो।  

यही फागुन २० गते उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो। 

ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी  ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .