ad ad

बागमती


आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ?

आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ?

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ५, २०८१ बुधबार ७:३८, काठमाडौँ

आज (बुधबार) काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना निकै कम रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना १० प्रतिशत मात्र देखिएको बताए। 

‘यो भनेको वर्षाको सम्भावनै छैन भन्न मिलेन, तर सम्भावना न्यून छ’, उनले भने। 

मौसमविद् लामिछानेका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा मौसम सामान्यतया सफा छ, आकाशमा बादल देखिएको छैन। ‘तर दिउँसो २/३ बजेपछि बादल बन्दै जाने र मौसम बदली हुने सम्भावना छ’, उनले भने, ‘वर्षा भयो भने दिउँसोदेखि साँझसम्ममा छिटपुटदेखि हल्का वर्षा हुन सक्छ, तर सम्भावना कम छ।’

आज साँझसम्ममा काठमाडौँ उपत्यकामा हावाहुरी पनि आउने सम्भावना देखिएको जानकारी मौसमविद् लामिछानेले दिए। ‘त्यस्तो ठूलो त होइन, तर जे होस् सामान्य हावाभन्दा अलि वेगको हावाहुरी आउने सम्भावना छ, सजग भएको राम्रो।’

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस देखिएको उनले बताए। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने आज ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ। 

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५ बजेर ३७ मिनेट जाँदा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर ३० मिनेट जाँदा अस्ताउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .