आज (बिहीबार) काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अपराह्नपछि काठमाडौँमा क्षणिक वर्षाको सम्भावना देखिएको बताए।
‘दिउँसोलाई भन्दा रातिलाई वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने, ‘दिन र रातको बीच अर्थात् अपराह्नपछि साँझपख वर्षा हुने सम्भावना बढी छ।’
873
Shares
प्रतिक्रिया