ad ad

राजनीति


नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि

नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि

नेपालखबर
असोज १९, २०८१ शनिबार १८:५५, काठमाडौँ

नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि हुने भएको छ।

राष्ट्रपति भवनमा भोलि १:३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवास स्रोतले जनाएको छ। भोलि शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले भोलि नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ। बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ।   

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजै राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। त्यसपछि राउत प्रधानन्यायाधीश नियुक्त हुनेछन्। 

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए।

राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .