इजरायल र हिजबुल्लाहबीच जारी युद्धका बीच दुई लाखभन्दा बढी मानिस लेबनान छाडेर सिरिया गएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार इजरायली हवाई आक्रमणका कारण दुई लाखभन्दा बढी मानिस लेबनान छोडेर छिमेकी सिरिया गएका हुन्।
शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले जारी गरेको अपडेटमा लेबनानी नागरिक र लेबनानमा बसोबास गर्ने सिरियाली नागरिक पनि लेबनान छाड्नेमा छन्।
शुक्रबार इजरायलले दुई देशबीचको मुख्य सीमा नाकालाई निशाना बनाएर हवाई हमला गरेपछि सवारी साधनको आवतजावत ठप्प भएको छ।
इजरायली सेनाले भने मस्ना क्रसिङनजिकै हिजबुल्लाहको स्थानलाई निशाना बनाएको दाबी गरेको छ।
288
Shares
प्रतिक्रिया