आज (शुक्रबार) काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार उपत्यकामा अपराह्नपछि पानी पर्ने सम्भावना देखिएको हो।
‘अपराह्नपछि वा साँझपख उपत्यकामा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले भने।
मौसम महाशाखाले भने आज दिनमा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत मात्र रहेको आकलन गरेको छ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस छ भने अधिकतम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
हिजो बिहीबार भने यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो।
432
Shares
प्रतिक्रिया