ad ad

बागमती


ललितपुरमा अरिंगालले टोकेर २४ वर्षीय युवकको मृत्यु

ललितपुरमा अरिंगालले टोकेर २४ वर्षीय युवकको मृत्यु

फाइल फाेटाे


नेपालखबर
असार ११, २०८१ मंगलबार १९:२७, काठमाडौँ

ललितपुरमा अरिंगालले टोकेर युवकको मृत्यु भएको छ। 

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपलिका-५, कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रङ लगाउने क्रममा अरिंगालले टोक्दा बिरामी परेका सप्तरीको खडक नगरपालिका–३ घर भएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको हो। 

हाल काठमाडौँ अनामनगर बस्ने गरेका उनलाई उक्त भवनमा रंग लगाउने क्रममा यही असार ८ गते साँझ साढे ५ बजेतिर अरिंगालले टोकेको थियो। 

बिरामी भएपछि उनलाई दाइ हरिनारायण चौधरीले उपचारको लागि काठमाडौँको मोडेल अस्पतालमा भर्ना गरेका थिए।

तर आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज (असार ११ गते) बिहान ५ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

पोस्टमार्टमाका लागि उनको शव शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .