काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार उपत्यकामा रातिदेखि नै ठाउँठाउँमा पानी पर्ने, रोकिने, फेरि पर्ने भइरहेको छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँ उपत्यकामा दिनभर नै मौसम यस्तै रहने सम्भावना देखिएको बताए।
‘काठमाडौँ उपत्यकामा आज दिउँसो पनि वर्षा हुने सम्भावना छ’, उनले भने, ‘लगातार झरी र भारी वर्षाको सम्भावना छ देखिएको छैन तर आज दिनभर नै मौसम खुल्ने सम्भावना कमै देखिएको छ।’
मौसमविद् पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘तर मध्यम खालकै वर्षा भए पनि आकस्मिक बाढी आउन सक्छ, त्यसैले पानी परेपछि सतर्कता अपनाउनैपर्छ’, उनले भने।
999
Shares
प्रतिक्रिया