देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकाको मौसम यतिखेर (शुक्रबार बिहान ७:४० बजे) साधारणतया बदली (आकाशमा बादल) को अवस्थामा रहेको जानकारी दिए।
दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए।
‘दिउँसो उपत्यकामा पनि वर्षाको सम्भावना छ’, मौसमविद् झाले भने, ‘क्षणिक र हल्का वर्षाको सम्भावना छ, त्यस्तो ठूलो र लगातार वर्षा हुने सिस्टम छैन।’
उनका अनुसार हल्का वर्षा उपत्यकाका ठाउँठाउँमा हुने र बीचबीचमा घाम पनि लाग्ने सम्भावना छ।
मौसम महाशाखाले नक्सा विवरणमा आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको उल्लेख गरेको छ।
507
Shares
प्रतिक्रिया