ad ad

बागमती


बागमती प्रदेशको बजेट बढ्ने, ६५ अर्ब हाराहारी हुने

बागमती प्रदेशको बजेट बढ्ने, ६५ अर्ब हाराहारी हुने

नेपालखबर
असार १, २०८१ शनिबार १३:२६, हेटौँडा

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको आकार बढेर आउने भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा बढ्ने बताए।

प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण सुधारत्मक रहेको भन्दै सोही आधारमा बजेटको आकार बढाएर ल्याउने अर्थमन्त्री थपलियाले बताए। 

‘प्रदेशमा जनसंख्या बढ्दो छ। भैगोलिक हिसाबको आधारमा विकास गर्न आवश्यक छ,’ थपलियाले भने, ‘सुरुवाती वर्षहरूको तुलनामा क्रमिक रूपमा प्रदेश सरकारको आम्दानी र खर्चको दायरामा वृद्धि भइरहेको छ। यस्तो अवस्थामा बजेटको आकार घट्ने भन्ने हुँदैन। केही बढेरै आउँछ।’

चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षको बजेट ६५ अर्ब हाराहारीमा ल्याउन लागिएको प्रदेशका एक मन्त्रीले जानकारी दिए।

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .