ad ad

अपराध


गोठाटार गोलीकाण्ड : पक्राउ परेका तीनै जना नेपाली, गोली हान्नेसँग ‘कनेक्सन’

गोठाटार गोलीकाण्ड : पक्राउ परेका तीनै जना नेपाली, गोली हान्नेसँग ‘कनेक्सन’

नेपालखबर
असोज १४, २०७९ शुक्रबार ११:१३, काठमाडौँ

गोठाटारमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जना मुख्य अभियुक्त नभएको खुलेको छ। प्रहरीले हत्यामा संलग्न आशंकामा तीन जनालाई पक्राउ गरेको हाे।

उनीहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। गोली हान्नेसँग उनीहरुको कनेक्सन देखिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको संलग्नता के कति छ भनेर अनुसन्धान भइरहेको प्रहरी उच्च स्राेतले नेपालखबरलाई जानकारी दियो। 

उनीहरुलाई भारतीय सीमानाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। काठमाडौं प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

हत्यामा संलग्नहरुको सीसीटिभी फुटेज नै फेला परेको थियो। हत्याका योजनाकार भारतीय गुण्डा नितिन मदन भएको खुलेको छ। उनले नै हत्या योजना बनाएको र सुटर खोजेर हत्या गराएको प्रहरीको दाबी छ। 

सर्लाही घर भएका व्यापारी लाल मोहम्मदको यही असोज ३ गते साँझ गोली हानी हत्या भएको थियो। लाल मोहम्मदका परिवार नै काठमाडौंमा बस्छन्। यस्तै हत्याका मुख्य योजनाकार भनिएका भारतीय नागरिक नितिन मदनका परिवार पनि काठमाडौंमै बस्छ।

उनीहरु पहिलेदेखि साझेदारमा आपराधिक गतिविधिमा पनि संलग्न रहेको पाइएको छ। पहिलेकै आन्तरिक व्यवहारका कारण हत्या भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .