काठमाडौंको न्यू रोडमा एक जना मृत फेला परेका छन्।
मंगलबार बिहान शंकास्पद अवस्थामा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।
306
Shares
प्रतिक्रिया