ad ad

अपराध


भोजपुरमा कृष्णजन्माष्ठमी मेला भर्ना गएका युवाबीच ग्याङ फाइट, दुईजना घाइते

भोजपुरमा कृष्णजन्माष्ठमी मेला भर्ना गएका युवाबीच ग्याङ फाइट, दुईजना घाइते

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:९, काठमाडौँ

भोजपुरको टक्सार बजारमा दुई टोलका युवाहरुबीच खुकुरी हानाहान भएको छ। 

कृष्णजन्माष्टमी मेला भर्न पुगेका भोजपुर नगरपालिका- ६ देउराली र उक्त नगरपालिका-१२ कोटडाँडाका युवाहरुबीच खुकुरी हानाहान भएको हो। 

खुकुरी हानाहानका क्रममा भोजपुर नगरपालिका–९ का २६ वर्षीय अमुल राई र त्यही ठाउँका २८ वर्षीय अनिल राई घाइते भएका छन्। 

उनीहरुलाई खुकुरीको टुप्पोले ढाडमा लागेको थियो। दुवैको जिल्ला अस्पताल भोजपुरमा उपचार गरिएको छ।

प्रहरीका अनुसार देउराली र टक्सारका युवाहरुबीच सामाजिक सञ्जालमा भनाभन भएको खुलेको छ।

त्यसपछि कृष्णजन्माष्ठमी मेलामा ग्याङ फाइट भएको हो। प्रहरीले दुवैतर्फ ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .